‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण सम्पन्न

काठमाडौं,
साउन ७ ।

‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण भएको छ । फेशन डिजाइनरका विद्यार्थीहरूले आफूद्वारा तयार पारिएका विविधतापूर्ण पहिरनहरू आफैंले प्रदर्शन गर्ने विशेषता बोकेको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण शनिवार काठमाडौंमा सम्पन्न भएको हो ।

आइआइएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइनमा छ महिनाको कोर्ष पूरा गरेका १२६ जना फेशन डिजाइनिङका विद्यार्थीहरूबीच भएको ‘ड्रेस टु इम्प्रेस सिजन-१०’ विभिन्न चार विधामा चार जना डिजाइनरहरूलाई सर्वोत्कृष्ट भएका थिए । पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे इन डेजाभू तथा माइथोलोकिल गार्डेन गरी चार समूहमा विभाजन गरिएको प्रतियोगिताअन्तर्गत चारवटै विधाबाट एक-एकजना डिजाइनरको डिजाइन सर्वोत्कृष्ट घोषणा गरिएको थियो ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित यो फेशन प्रतियोगितामा ‘पारामेट्रिक प्यालेस’ विधातर्फ प्रतिस्पर्धि नम्बर-३ जिज्ञासा श्रेष्ठ सर्वोत्कृष्ट हुनुभयो । ‘मेगलफोबिक’ शीर्षकको दोस्रो विधामा प्रतिस्पर्धी नम्बर-३६ खुश्बु सेवा सर्वोत्कृष्ट हुनुभयो भने तेस्रो विधा ‘क्यारिङ अवे इन डेजाभू’मा प्रतिस्पर्धि नम्बर-७७ सिलु बज्राचार्यले बाजी मार्नुभयो । ‘माइथोलोजिकल गार्डेन’ शीर्षकको चौथो विधामा भने प्रतिस्पर्धी नम्बर-११३ इन्द्रावती क्षेत्रीले डिजाइन गरेको पहिरन सर्वोत्कृष्ट भयो ।

समारोहमा आइआइएफटीबाट फेशन डिजाइनिङ कोर्ष पूरा गरेका ७६ जना विद्यार्थीलाई ग्राजुएसन सर्टिफिकेट प्रदान गरिएको थियो । लोकप्रिय डिजाइनर युवि थापाले उनीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

विजेताहरूलाई कार्यक्रमका सभापति वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधानसहित निर्णायकहरूको समूहले नगद पुरस्कार, प्रमाणपत्र, स्यास हस्तान्तरण गर्नुभएको थियो । आइआइएफटीबाट पासआउट भएका एक सयभन्दा बढी डिजाइनरलाई प्रमाणपत्रसमेत प्रदान गरिएको कार्यक्रममा गायक उदय सोताङ, पत्रकार कृष्ण भट्टराईका साथमा डिजाइनरहरू कुसुमपदम श्रेष्ठ, महेश महर्जन, निशा श्रेष्ठ, गीता मिश्र तथा सुष्मा सिंह निर्णायकको रूपमा रहनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार