प्रशन्नको निर्देशनमा ‘भागदौड’

काठमाडौं,
साउन २ ।

पुरुषोत्तम रिमाल (प्रशन्न)को लेखन निर्देशन रहेको हाँस्यव्यंग्य टेलिसिरियल ‘भागदौड’को पहिलो भाग सार्वजनिक गरिएको छ । एमएमएस इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरियको भागदौडमा सुभाष गजुरेल, उत्तम केसी, शक्ति श्रेष्ठ, रिभान मल्ल, अञ्जली थापा, रोहिन मिश्र, मदन सेञ्चुरी, रेवन सापकोटालगायतका कलाकारको अभिनय छ ।

बालकृष्ण लाव र जयराम भट्टाले निर्माण गरेको ‘भागदौड’मा विक्रम साहु, रत्न अवाल, बाबुराम दुवाल, राज बाँडे सहनिर्माता रहनुभएको छ । यसमा डम्बर राईको छायांकन रहेको छ भने सौखिन तिमल्सिनाले सम्पादन गर्नुभएको छ छ । जीवनाथ गौतम९जीवन० क्रियटिभ निर्देशन रहेकोे ‘भागदौड’ प्रत्येक हप्ताको सोमबार बेलुका ६ वजे सार्वजनिक हुने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार