‘तेल भिसा’को पोस्टरमा विपीनलाई दोहोरो भूमिकामा प्रस्तुत

काठमाडौं,
असार ३१ ।

चलचित्र ‘तेल भिसा’को पोस्टरमा अभिनेता विपीन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । पोष्टरमा उहाँलाई जवान र बृद्ध दुई फरक लुक्समा देखिएको छ ।

पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पूजा लामाका साथमा केही विदेशी कलाकार देख्न सकिन्छ । सिनेमामा बुद्धि तामाङको पनि मुख्य भस्मिका छ ।

शंकर घिमिरेको निर्देशनमा निर्माण भइरहेको चलचित्रको दोस्रो चरणको छायांकन हुँदैछ । पहिलो चरणको छायांकन केही समय अगाडि अमेरिकामा सकिएको थियो ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रमा अनिश पाण्डे र शिवराज कार्कीको लगानी छ ।

प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको ‘तेल भिसा’मा सुशन प्रजापतिको छायांकन छ ।
चलचित्र मंसिर ७ गतेदेखि सिनेमाघरमा ल्याउने निर्माणपक्षको तयारी छ ।

यसमा तपाइको मत

अन्य समाचार