‘तै चुप मै चुप’को निर्माण हुने

काठमाडौं,
असार २० ।

चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवं निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो ।

सन्तोष अधिकारी फिल्मसको व्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अष्ट्रेलियाको निर्माण सहकार्यमा निर्माण घोषणा गरिएको यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रमा स्कृप्ट मनिष गौतमको छ ।

चलचित्रको काठमडौं र पोखरामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । पोलिटिकल सस्पेन्स कथा रहेको यो चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी ढंगले प्रस्तुत गरिने निर्देशक लामिछानेले जानकारी गराउनुभयो ।

चलचित्रमा आशिष थापामगर र प्रतिमा थापाको लगानी रहनेछ भने चलचित्रको सम्पूर्ण मार्केटिङ र ब्रान्डिङ आईडिया पिक्सेलका तर्फबाट पवनराज जोशीले गर्नुहुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार