काठमाडौं
असार १८ ।
नर्सरी व्यसायीसघद्वारा निर्मित गोकर्णेश्वर नगरपालिका ४ स्थित शहीदपार्क जगडोलमा नर्सरी बाटिका उद्घाटन भएको छ । बाटिकाको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले त्रिफला र हर्राबर्रोको बिरुवा रोपेर गर्नुभयो । उद्घाटन गर्दै मन्त्री शाहले स्वच्छ वातावरणको लागि बृक्षारोपण अभियान देशैभर सञ्चालन गर्न आवश्य रहेको बताउनुभयो ।
मन्त्री शाहले नर्सरी ब्यवसायीसंघले बनाएको नर्सरी बाटीका वातावरण संरक्षणका लागि अत्यन्तै सर्हानीय कार्य रहेको बताउनुभयो । हालै सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको बताउदै मन्त्री शाहले सुन्तलाको बजारीकरण गर्न लाग्नुपर्ने बताउनुभयो । नर्सरी व्यसायीसघका अध्यक्ष राम्जी तिमिल्सिनाले ‘नर्सरी ब्यवसायको विकास र बिस्तार, स्वच्छ वातावरणसहित आय र रोजागार’ भन्ने संघको नारानै रहेकाले स्वच्छ वतावरण संरक्षणका लागि यस्ता गतिबिधिहरू गरिरहने बताउनु भयो ।
गोकर्णेश्वर नगरपालिका ४ स्थित शहीदपार्क जगडोलमा झन्डै दुई रोपनी जग्गामा बिभिन्न जडीबुटी, फल बिरुवा लगायत तीन सय बढी बिरुवाहरूरोपेको संघले जनाएको छ ।






