प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं,
असार ११ ।

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । आज (मंगलबार) बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१र८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्री पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ६७ अर्ब छ ।

यसमा तपाइको मत

अन्य समाचार