मनाइयो ‘ग्रायण्ड प्यारेन्स् डे’

भक्तपुर,
असार ७ ।

हिजो जति हजुरआमा हजुरबुबा र नातिनातिनावीचको सम्वन्ध प्रगाढ थियो आज त्यति छैन । सगोलमा भन्दा छुटिएर वस्न मन पराएको नेपाली परम्पराले हजुरआमा हजुरबुबावीचको सम्वन्ध चाहेर पनि एकै परिवारमा हुन सकिरहेको छैन कतिपय परिवारहरूमा । हजुरआमा हजुरबुबाबीचको यही सम्वन्ध विच्छेडलाई थोरै मात्रै भए पनि नजिक ल्याउन सकून भन्ने उद्देश्यले भक्तपुरको एउटा स्कुलले हजुरआमा हजुरबुबाको सम्मानमा विहीबार भक्तपुरमा ग्रायण्ड प्यारेन्स डे सेलिव्रेसन (हजुरआमा हजुरबुबा दिवस २०८१) मनाएको छ ।

हजुरआमा हजुरबुबाबीचको प्रगाढ सम्वन्ध पहिलो जति चल्थ्यो, अहिले त्यो अनेक कारणले असाध्यै कम हुन थालेको हो, आयोजक एभरेस्ट स्कुल भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले भन्नुभयो, ‘यो खाडललाई थोरै मात्रै पुर्न सकून् भन्ने उद्देश्य हाम्रो हो ।’

कार्यक्रममा स्कुलमा प्ले ग्रुप र नर्सरीमा रहेका विद्यार्थी र तिनका हजुरआमा हजुरबुबालाई सहभागी गराइएको थियो । हजुरआमा हजुरबुबा नभएका वा आउन नभ्याउने बच्चाहरूलाई दुःखको अनुभब नहोस् भनेर त्यस्तो अवस्थाका बिद्यार्थीहरूका लागि आमाबुबालाई भए पनि आउन आग्रह गरिएको थियो । साथै हजुरआमा हजुरबुबा आमाबुबा कोही पनि आउन नभ्याउने नानीबाबुहरूका लागि स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारी, भाइस प्रिन्सिपल संगीता किवाछें बनेपालीलगायतले अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा नानीबाबुहरू र हजुरआमा हजुरबुबाहरूलाई सँंगै राखेर माया साटासाट गर्न दिइएको थियो । साथै बालबालिकाहरूले गीत, नृत्य, नाटक देखाएर हजुरआमा हजुरबुबाहरूलाई रमाउन दिएका थिए । हजुरआमा हजुरबुबाहरूले कथा, अनुभब सुनाएका थिए । साथसाथै नानीबाबुहरूले आ–आफना हजुरआमा हजुरबुबाहरूलाई मायास्वरुप प्रदान गरी यसअघि नै बनाएको ग्रेडिंग कार्ड हस्तान्तरण गर्न लगाइएको थियो । साथसाथै हजुरआमा हजुरबुबालाई सँगसँंगै राखेर चियापार्टी पनि गर्न लगाइएको थियो ।

कार्यक्रममा एक जना नानीबाबुका कम्तिमा एकजनादेखि वढीमा चार जनासम्म अभिभावक (हजुरआमा, हजुरबुबा, बुबा, आमा) सहभागी भएको स्कुलका प्रिस्कुल कोअर्डिनेटर प्रेमशिला प्रधानले जानकारी गराउनुभयो । उहाँले प्रत्येक वर्ष यस्ता कार्यक्रमहरूलाई स्कुलले निरन्तरता दिंदै आएको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार