काठमाडौं,
असार ५ ।
चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउण्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३)मा हुने फेष्टिभल नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।
फेष्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र बृतचित्रले सहभागिता जनाउन सक्नेछन् । हिमाल, पर्यटन र कलासंस्कृतिसँग नजिक रहेका फिल्म फेष्टिभलको विशेष प्रथामिकतामा पर्नेछ । फेष्टिभलमा सहभागिता हुन चाहने फिल्मले यही असार ११ गते ९जुन २५० भित्र आवेदन दिन सक्नेछन् ।
विभिन्न राष्ट्रियस्तरका कलाकर्मीको समेत सहभागिता रहने फेष्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवादलगायत विभिन्न कार्यक्रम समेत आयोजना हुने फेष्टिभलको तयारीसमेत सुरु भएको निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताउनुभयो ।
‘यो फेष्टिभल यस वर्ष कोशी प्रदेश विराटनगरमा आयोजना हुने भए पनि आगामी वर्षहरूमा हामीले देशभर लैजाने योजना बनाएका छौ’, पराजुलीले भन्नुभयो ‘फेष्टिभलले चलचित्र संस्कृतिको विकास गर्दै चलचित्र निर्माण र प्रदर्शनमा पनि सहयोग गर्नेछ ।’ चलचित्र विकास बोर्डको सहकार्य रहेको फेष्टिभलमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रूपमा जोडिएका छन् ।






