प्रतिनिधिसभा बैठक बस्दै : बिनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं,
जेठ ३२ ।

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आज बिहान ११ बजे बस्ने बैठकमा आज पनि बिनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आज विभिन्न चार मन्त्रालयका शीर्षकहरूमाथि छलफल हुने छ । जसमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सँस्कृतिः पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेटमाथि छलफल हुने छ । त्यस्तै आज बिभिन्न सांसदहरूले खर्च कटौतीको प्रस्ताव समेत पेश गर्ने कार्यतालिका छ ।

यसमा तपाइको मत

अन्य समाचार