काठमाडौं,
जेठ २६ ।
वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको संगीत र सरिता भारतीको स्वरमा रहेको गीत ‘बजाइदेऊ न बाजा’ सार्वजनिक भएको छ । डब्बु क्षेत्रीको शब्द रचना र जुगल डंगोलको संगीत संयोजन रहेको गीतको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
डब्बुकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता यशराज गराचको अभिनय छ । यशराज र सरितासँगै स्थानीय नृत्य कलाकारहरूलाई कृष्णले रमाइलोसँग नृत्यमा उतार्नुभएको छ ।
भिडियोमा प्रवीण सुवेदीको छायाँकन, जीवन घिमिरेको ड्रोन, वीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटको सम्पादन तथा रंग संयोजन, शर्मिला बुढाथोकीको श्रृंगार छ ।






