कुन मन्त्रालयलाई कति बजेट

काठमाडौं,
जेठ १६ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गर्नुभएको छ । सबैभन्दा बढी बजेट अर्थ मन्त्रालयका लागि विनियोजन भएको छ भने त्यसपछि शिक्षा मन्त्रालयका लागि विनियोजन भएको छ ।

उहाँले शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ ।

यस्तै, आगामी आर्थिक वर्षको लागि सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाएको छ । महिला मन्त्रालयको लागि आगामी आर्थिक वर्ष एक अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाइएको छ ।

आगामी आर्थिक वर्ष दोस्रो ठूलो बजेट पाउने मन्त्रालय बनेको छ, गृह मन्त्रालय । गृह मन्त्रालयको लागि एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तो छ मन्त्रालयले पाएको बजेट
अर्थ मन्त्रालय दुई खर्ब २२ अर्ब

शिक्षा मन्त्रालय दुई खर्ब तीन अर्ब

गृह मन्त्रालय- एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ

रक्षा मन्त्रालय- ५९ अर्ब ८७ करोड रुपैयाँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय– एक खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ

शिक्षा मन्त्रालय- दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ

वन तथा वातावरण मन्त्रालय- १५ अर्ब ७० करोड रुपैयाँ

कृषि तथा पशुपक्षी विकास मन्त्रालय- ५७ अर्ब २९ करोड रुपैयाँ

खानेपानी मन्त्रालय- २६ अर्ब ६३ करोड रुपैयाँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय- ८६ अर्ब २४ करोड रुपैयाँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय- ६ अर्ब ८२ करोड रुपैयाँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय- ११ अर्ब ९१ करोड रुपैयाँ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय- सात अर्ब ३५ करोड रुपैयाँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय- आठ अर्ब १० करोड रुपैयाँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय- नौ अर्ब २८ करोड रुपैयाँ

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय- ८७ अर्ब ५५ करोड रुपैयाँ

युवा तथा खेलकुद मन्त्रालय- तीन अर्ब ५० करोड रुपैयाँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय- एक अर्ब ६० करोड रुपैयाँ

सहरी विकास मन्त्रालय- ९२ अर्ब ६३ करोड रुपैयाँ

परराष्ट्र मन्त्रालय- ६ अर्ब ७७ करोड रुपैयाँ

यसमा तपाइको मत

अन्य समाचार