काठमाडौं,
जेठ ४ ।
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा प्रकाश सपूत र मुकुन भुसालपछि थप तीन कलाकार अनुबन्धित भएका छन् । कलाकार भोलाराज सापकोटा, देशभक्त खनाल र विनोद न्यौपानेलाई निर्माण पक्षले अनुबन्धित गराएको हो ।
अन्तर्राष्ट्रिय रूपमा चलचित्र वितरण गर्दै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा उहाँहरूलाई शीर्ष भूमिकामा देख्न सकिने निर्माता विनोद पौडेलले जनकारी दिनुभयो ।
लेखक तथा निर्देशक सरोज पौडेलका अनुसार जेठको दोस्रो साताबाट चलचित्र छायांकनमा जानेछ । चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुनुहुन्छ । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको सङ्गीत हुनेछ ।






