‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’को उपाधि शर्मिलालाई

काठमाडौं,
जेठ ३ ।

‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’को उपाधि झापाकी शर्मिला बुढाथोकीले चुम्नुभएको छ । बेष्ट नेलआर्टको उपाधिसमेत हात पार्नुभएकी उहाँले २५ हजार नगदसहित विभिन्न उपहार प्राप्त गर्नुभयो ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनले आयोजना गरेको प्रतियोगितामा फस्ट रनरअप र मोस्ट ट्यालेन्ट अवार्ड निशा थापाले जित्दा सेकेन्ड रनरअप र बेस्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारीले, थर्ड रनरअप र बेस्ट हेयर केमिकल टेक्निशियन अवार्ड रजनी राईले हासिल गर्नुभयो ।

डा. सरोज लामिछाने, अभिनेता तेज गिरी, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक विमला मानन्धर, इभेन्ट निर्देशक धिरज तण्डुकार, व्युटिसियन पूजा श्रेष्ठ, बाटिका क्रियसनकी फेशन डिजाइनर गोमा अधिकारी धिताल र हाईड एन्ड सिक किन्डर गार्डेनकी प्रिन्सियल कुमुद भट्टलगायत निर्णायक रहेको प्रतियोगितामा थुप्रै उपविजेतासमेत छानिएको थियो ।

दिनेश डिसीले सञ्चालन गरेको यो प्रतियोगिताको निर्देशकमा कस्मोटेलोजिष्ट परिषी कारँजित, व्यबस्थापक प्रमुखमा सरिता भारती र अफिसिय कोरियोग्राफरमा जयन सुब्बा मानन्धर रहनुभएको थियो । तस्बिर : बद्री थापा ।

यसमा तपाइको मत

अन्य समाचार