आज ३१औं मदन-आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं,
जेठ ३ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उहाँहरूले गरेको योगदानको स्मरण गर्दै आज मनाइँदैछ । एमाले र नेकपा (एकीकृत समाजवादी)ले विविध कार्यक्रम आयोजना गर्दैछन् ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उहाँहरूको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।

रहस्यमय जिप दुर्घटनामा मदन-आश्रितको निधन भए पनि घटनाको छानबिन नभएको भन्दै पटक-पटक आलोचना हुँदै आएको छ ।

मदन पत्नी विद्या भण्डारी निर्वतमान राष्ट्रपति र उहाँका समकालीनले समय समयमा सत्ताको बागडोर सम्हाल्दै आएका पनि छन् । तर, ३० वर्षअघिको रहस्यमय जिप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन ।

दुर्घटनाका साक्षी जिप चालक अमर लामाको हत्यापछि यो घटना थप रहस्यमय बन्न पुगेको छ । विचार, वाकपटुतालगायत कारणले चर्चित नेता भण्डारी जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार