एलिनाको स्वरमा ‘मेरा आमा बाबा’ (भिडियोसहित)

काठमाडौं,
जेठ २ ।

एलिना चौहानले स्वरमा रहेको गीत ‘मेरा आमा बाबा’ सार्वजनिक भएको छ । कमला बोहरा खत्रीको शब्द, सुजन बाबू गुरुङको सङ्गीत र जीवन बाबू गुरुङको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा कमलासँगै रवि गिरी फिचर्ड हुनुहुन्छ भने बाल कलाकारमा किन्जल श्रेष्ठ र सविता घलेको अभिनय छ ।

प्रकाश खड्काको समूहले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गर्नुभएको हो ।

छोराछोरी र आमाबाबुको माया समेटिएको गीतलाई श्रोता/दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार