‘रावायण’ मा एयरलाइन्स पार्ट्नरमा यति एयरलाइन्स

काठमाडौं,
वैशाख २८ ।

चलचित्र ‘रावायण’ को छायांकन नसकिदै विभिन्न ब्रान्डको नाम सिनेमासँग जोडिन सुरु भएको छ । चलचित्रको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट भएको कारण पनि धेरै ब्रान्डले सिनेमासँग जोडिन चाहिरहेका छन् । यही क्रममा एयरलाइन्स पार्ट्नरको रुपमा यति एयरलाइन्स चलचित्रमा जोडिएको छ । यति एयरलाइन्सका प्रतिनिधिसँग निर्माता तथा नायिका पूजा शर्माले सहकार्यगरी हात मिलाएको तस्विर सार्वजनिक गर्दै यो जानकारी दिइएको छ ।

चलचित्रमा पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारको अभिनय रहनेछ । शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, समिर मियाको भीएफएक्स, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि, श्री श्रेष्ठको एक्सन चलचित्रमा छ । यो चलचित्रको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो । उपत्यकाभित्र ऋच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले चलचित्रको वितरण गर्ने छ भने डिजिटल पार्टनर को रुपमा ओएसआर डिजीटल छ ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भइरहेको चलचित्रको निर्मातामा सुदर्शन र पूजा हुनुहुन्छ । चलचित्र यसै वर्षको भदौ २१ गते तिजको दिनबाट प्रदर्शनमा आउने छ बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार