रोहित पौडेल बने प्लेयर अफ दि सिरिज

काठमाडौं,
वैशाख २२ ।

नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिज ‘ए’सँगको शृंखलामा सर्वोत्कृष्ट खेलाडी चुनिनुभएको छ ।

गएको शनिबारदेखि सुरु पाँच खेलको शृंखलामा रोहितले उत्कृष्ट ब्याटिङ गर्दै एक शतक र दुई अर्धशतकसहित २६५ रन बनाउनुभयो । रोहितले २५ हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।

वेस्ट इन्डिजका जोन्सन चार्ल्स उत्कृष्ट ब्याटर र वेस्ट इन्डिजकै आबेड म्याक्वेय उत्कृष्ट बलर चुनिनुभयो । चार्ल्सले शृंखलाभर २१२ रन जोड्दा म्याक्वेयले आठ विकेट लिनुभयो ।

पाँच खेलको शृंखलामा तीन जित निकाल्दै वेस्ट इन्डिज ३-२ ले च्याम्पियन बन्यो ।

यसमा तपाइको मत

अन्य समाचार