काठमाडौं,
वैशाख २२ ।
सौगातजंग थापाको सङ्गीतमा हर्क चाम्लिङ राई र अनु चौधरीको स्वरमा रहेको गीत ‘तिम्रो मीठो मायाले’ सार्बजनिक भएको छ । विशाल निरौलाको एरेन्ज, रन्जन राइको मिक्सिङ मास्टरिङ रहेको गीत अलन्कार रेकर्डिङ मा रेकर्ड गरिएको हो ।
केशवराज भटको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोलाई उत्सब दाहालले छायांकन गर्नुभएको भने दिनसन शाहले सम्पादन गर्नुभएको छ । मनाङ जिलाको विभिन्न रमणिय ठाउमा छायांकन गरिएको भिडियोमा प्रभातपल ठकुरी र सोफी धरेलको अभिनय छ । गीतको भिडियो हर्क चाम्लिङ युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






