राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरमा नयाँ कार्य समिति

काठमाडौं,
हेटौंडा २१

राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति मकवानपुरको बैशाख २० गते बिहीबार भएको ९औं साधारण भेला तथा तेस्रो अधिवेशनबाट मदनकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको सदस्य आलोक स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिका-७ का सदस्य राधिका विकको विशेष आतिथ्यता, हेटौडा नगर खेलकुद विकास समिति सदस्य संगीता केसीको आतिथ्यता तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालको केन्द्रीय सदस्य नारायण सिं थिङको उपस्थितिमा भेला सम्पन्न भएको थियोे ।

भेलाले उपाध्यक्षमा केशवबहादुर कार्की, राजकुमार थापा र भोजराज पराजुली, सचिव रवीन्द्र राई, सहसचिव रावणकिष्म राई, कोषाध्यक्ष दीपेन्द्र नेपाली, सदस्यहरू अनिता मिश्र, समीर भुजेल, ईश्वर कुमार श्रेष्ठ र जनक राईलाई चयन गरेको छ ।

भेलाले सन्देश गौतमको नेतृत्वमा सात सदस्यीय हेटौंडा नगर समितिसमेत गठन गरेको छ । जसमा उपाध्यक्ष अन्तेश्वर कापर, सचिव सन्तोष बस्नेत, कोषाध्यक्ष अभिषेक बानियाँ, सदस्य रिमेश अधिकारी, सुजन गोले र प्रकाश घिमिरे रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार