काठमाडौं,
वैशाख २ ।
अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्यूजिक भिडियो र विज्ञापनहरूमा व्यस्त हुनुहुन्छ । नयाँ वर्ष २०८४ मा चलचित्रमा देख्न पाउने बताउनुभएका हमालले बुधबार बबरमहलमा घोडामा चढेर एउटा ट्राफिक सचेतना मुलक टीभी बिज्ञापनमा अभिनय गर्नुभयो ।
अभिनेता हमाल क्यानाडा अध्ध्ययनको लागि गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बसेडर बनेसँगै उहाँले एक वर्षसम्म गोरेटो कन्सल्ट्यान्सीका विभिन्न पेजेक्टमा काम गर्ने प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिनुभएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा आफू विश्वस्त रहेको कंडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाउनुभएको छ ।
अभिनेता हमाल स्वयम पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक वौद्धिक व्यक्तित्व भएका कारण उहाँको यो विज्ञापन प्रभावकारी बन्ने अर्का एड्भाइजर राम खड्काले बताउनुभयो । खड्काले क्यानाडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताकोरुपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरू गर्ने बताउनुभयो । त्यस्तै गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिनुभएको छ ।
क्यानाडाले हालसालै अन्तर्रराष्ट्रिय विद्धयार्थी लक्षित केही नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरूको क्यानाडा बसाइ राम्रो बनोस् भन्नको लागि नै बनाएको बताउनुभएको छ, आफू डेनमार्कमा अध्ययन गर्नुभएका रेग्मी अन्तर्राष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानाडा जस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केही गर्नका लागि युवाहरूलाई अनुरोध गर्नुभएको छ । महानायक हमालले एक वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नुहुने छ।






