नयॅाबर्षको शुभकामना

✍️ ज्ञानेन्द्र गदाल
अमेरिका कोलोराडो, वैशाख १ ।

बग्दोछ गति बेलाको, खै कस्ले रोक्न सक्छ र !
सधैं जस्तो आज फेरि, फेरियो है क्यालेण्डर
———
बितेका ति दिनहरूमा, गरेका ति बाचाहरू
हामीबाट समाजले राखेका केइ आशाहरू
सबै सबै पूरा गर्ने, अवसर र शक्ति मिलोस्
बिसङ्गति बेथितिको, पिडाबाट मुक्ति मिलोस् ।
——-
आजसम्मका अनुभवले, कमाएका सबै कुरा
सम्हालेर अघि बढ्नु, टेक्नु हिमालको टाकुरा
बॅाकि यात्रा सहज बनोस्, गर्नु चुनौति सामना
नयॉबर्ष एकासी सालको, सबैलाई शुभकामना ।
बैशाख १, २०८१ ।

यसमा तपाइको मत

अन्य समाचार