काठमाडौं,
चैत २७ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अडान यथावत राखेपछि संसद् बैठक भोलि (बुधबार) दिउँसो ११ बजेसम्मलाई स्थगित भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति माग गरिरहेको छ ।
मंगलबार बसेको बैठकमा पनि कांग्रेसले त्यही माग राखेर बैठकमा अवरोध गरेको थियो । बैठकमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । त्यसपछि उहाँ दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटनुभएको थियो ।तर, उक्त छलफलमा पनि सहमति जुट्न नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।






