दीपक शर्माको शब्द, संगीतमा तुलसी सिवाकोटीको ‘काठमाडौंमा’ (भिडियोसहित)

काठमाडौं,
चैत २१ ।

गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘काठमाडौंमा’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, साहित्यकार रामबाबू सुवेदी, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले सयुक्त रुपमा गीतको भिडियो सार्वजनिक गर्नुभएको हो ।

लामो समयदेखि युरोपमा बस्दै आउनुभएका गायक सिवाकोटीको गीत ‘काठमाडौंमा’ शब्द, संगीत लोकप्रिय संगीतकार दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीले गीतलाई एरेन्ज गर्नुभएको हो ।

कार्यक्रममा गायक सिवाकोटीले सर्जकहरू लाई पनि सहयोग होस् भनेर आफूले हरेक पटक स्टेज सो हरूमा ‘काठमाडौंमा’ गीतलाई गाउदा यसका सर्जक दीपक शर्मालाइ पनि केही प्रतिशत रकम छुट्याएर हस्तान्तरण गरिने घोषणा गर्नु भएको थियो सो कार्यको संगीतकार चेतन सापकोटा पनि प्रशंसा गर्नु भएको थियो ।

बिशेषत सुदुरपश्चिम र कर्णालीबाट काठमाडौंको जीवन शैलीलाइ नियाल्न खोजिएको गीतमा नेपाली ठेट शब्द र लयलार्इ प्रयोग गरिएको छ ।

गायक तुलसी सिवाकोटी र रोशनी कार्कीको अभिनय रहेको गीतको भिडियोलाइै तुलसी सिवाकोटीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उत्तम हुमागाईंको सिनेमाटोग्राफी, माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार