यस्तो आयो एनिमेटेड चलचित्र ‘सलिना’को ट्रेलर

काठमाडौं,
चैत १२ ।

चलचित्र ‘सलीना’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरूलाई प्रस्तुत गरिएको छ । चलचित्र अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।

‘सलीना’ रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको एनिमेसन प्रविधिबाट तयार पारिएको यो चलचित्रको सम्पूर्ण एनिमेसन कार्य नेपालमै गरिएको हो । त्यसैले यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फिचर फिल्म बताइन्छ । चलचित्रका निर्देशक तेजस राज जोशी हुनुहुन्छ । चलचित्र निर्देक जोशी र श्रुति श्रेष्ठले निर्माण गर्नुभएको हो । शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादन चलचित्रमा छ ।

सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको चलचित्रमा पाश्र्व स्वर शुशिल नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार रहनुभएको छ । चलचित्र विभिन्न एनिमेटेट पात्रहरूसँगको अन्तर्वार्ता चर्चित संचारकर्मीहरू सुरेश पौडेल, शुशिल नेपाल, राज श्रेष्ठलगायतले लिनुभएको छ ।

‘सलीना’को कथा दन्त्य कथाको जस्तै राजकुमारी हो । असाधारण उद्देश्यले जन्म भएको राजकुमारी अन्यपात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा चलचित्रको कथा आगाडी बढेको छ ।

चलचित्र प्रदर्शनका लागि सेन्सर वोर्डबाटबाट सेन्सरसमेत भएको छ । सेन्सरबोर्डबाट चलचित्रले यू सर्टिफिकेट पाएको छ । नेपाली भाषामा चलचित्र निर्माण थालिएको ६ दशकमा बल्ल पहिलो एनिमेटेड चलचित्र बनेको हो ।

चलचित्र सबैका लागि उपयुक्त रहेको निर्देशक तेजस राज जोशीले बताउनुभयो । ‘यो फिल्म निर्माणका लागि ६ बर्ष लागेको छ’, जोशीले भन्नुभयो, ‘फिल्म अन्तराष्ट्रिय स्तरको बनेको छ ।’ जोशीले सबैलाई चलचित्र हेरेर प्रतिक्रिया दिन समेत अनुरोध गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार