काठमाडौं,
फागुन १२ ।
काठमाडौं आसपासका चिसापानी, कागेश्वोरी, हैबुङ वरिपरिका रमणिय स्थानमा छायांकन गरिएको गीत ‘हिमाल हेरौला’ सार्वजनिक भएको छ । रामबहादुर गुरुङ (धुर्ब) को शब्द संगीत, लक्ष्मी स्याङन्तान, सुजन गुरुङ र राम बहादुरकै स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
स्टुडियोमा मुर्चुंगामा रेकर्ड भएको गीतमा गोविन्द ओलीको रेकर्डिङ सञ्जय सिर्पालको मिक्सिङ र योगेश लामाको एरेन्ज छ ।
टेक लामा (छिरिङ)को निर्देशन एवं कोरियोग्राफि रहेको गीतको भिडियोमा रवी कार्की, ईना गुरुङ, गडुलध्वज गुरुङ, पारसकुमार अधिकारी र टेकबहादुर लामाको अभिनय छ ।
ओम प्रसाईंको छायांकन रहेको गीतको भिडियोलाई रोशन धितालले सम्पादन गर्नुभएको हो । गीतको भिडियो मे मन्ज इन्टरटेन्मेन्ट र जिनियस डान्स एन्ड म्युजिक युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






