काठमाडौं,
फागुन १० ।
राज सिग्देलको स्वरमा रहेको गीत ‘पराईकी रानी’ सार्वजनिक भएको छ । रामकुमार रिमालको शब्द तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जनक सिंहले निर्देशन गरेको गीतको भिडियोमा सनम कठायत, अश्विनी शाही साथै गीतकार तथा संगीतकार स्वयं रिमालको अभिनय छ । एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको उक्त भिडियो धादिङ गल्छी आसपास क्षेत्रमा छायांकन गरिएको हो ।
गीतको भिडियोका प्रस्तुतकर्ता मनोज धितालको युट्युव च्यानलमार्फत सार्वजनिक भिडियोमा दीपक गिरिको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।






