‘सुगुप’को विशेष प्रदर्शन हुने

काठमाडौं,
फागुन ४ ।

याक्थुङ (लिम्बू) जातिको सुत्केरीमा मृत्यु हुँदा नाम दिइने ‘सुगुप’को कथामा निर्माण भएको चलचित्रको विशेष प्रदर्शन हुने भएको छ । चलचित्रकलाको माध्यमबाट लिम्बू भाषा संस्कार, संस्कृति सम्वद्र्धन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘सुगुप’ यही फागनु १२ गते शनिबार र फागुन १७ गते विहीबार किराँत याक्थुङ चुम्लुङ काठमाडौं, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा बिशेष प्रदर्शन हुने भएको हो । बिहीबार काठमाडौंमा पत्रकार भेटघाटबीच निर्माता सैलेन्द्रकुमार नाल्बोले उक्त जानकारी गराउनुभएको हो ।

चलचित्रमा लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा अलग हुन्छ सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा) हरूको के कस्तो भूमिका रहन्छ भन्ने देखाउन खोजिएको निर्देशक लोकेन साँवा लिम्बुले कार्यक्रममा बताउनुभयो ।

चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारको अभिनय छ । शब्द, यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङ, पास्व/सङ्गीत अशोक लोहरुङ राई, स्वर राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ, सुमन लिम्बुको रहेको चलचित्रमा पटकथा देवेन्द्र खापुङ (सुरकेली)को छ । युवराज राई (वीरबहादुर)को छायांकन रहेको चलचित्रमा सम्पादन विपिन्न मल्ल, कलरिष्ट रेनिस फागो, प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिनकुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो रहनुभएको छ । चलचित्रको सह–निर्मातामा एलपी साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो हुनुहुनछ ।

चलचित्रको नृत्य निर्देशकमा कमल राई, द्वन्द निर्देशनमा किशोर सम्बाहाङ्फे, कला निर्देशनमा निश्चल कुलुङ राई रहनुभएको छ । विजय लामाको मेकअप, सञ्जु थलङको भेषभुषा, बबितान योङहाङ, लिम्बु-नेपाली सबटाईटल डि.बि.आङबुङ, अंग्रेजी सबटाईटल गौतमराज खड्का, निर्देशन लोकन साँवा लिम्बुको रहेको छ चलचित्रमा । भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरूमा छायांकन गरिएको चलचित्रमा कथा/निर्माता/निर्देशन लोकेन साँबा लिम्बुको छ ।

यसमा तपाइको मत

अन्य समाचार