काठमाडौं,
फागुन ४ ।
चर्चित हास्य टेलिशृङ्खला ‘सक्किगोनी’ को टिमले चलचित्र ‘लज्जा शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको छ । वसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले उक्त चलचित्र निर्माणको घोषणा गरेको हो ।
चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन । चलचित्रको निर्देशन भने सम्भवतः अर्जुन घिमिरे ९पाँडे० र कुमार कट्टेल (जिग्री) ले गर्नुहुनेछ ।
उहाँहरूले सक्किगोनीको निर्देशन गर्दै आउनुभएको छ । चलचित्रमा सक्किगोनीका थुप्रै कलाकारहरूलाई देख्न सकिने बताइएको छ । अन्य कलाकारहरूबारे भने जानकारी दिइएको छैन ।






