काठमाडौं,
माघ २६ ।
गायिका रेखा शाहले आफ्नो जन्मदिनमा नयाँ गीत ‘बाँध न मलाई’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । ‘सिमसिमे पानीमा’ गीतबाट नेपाली साङ्गीतिक क्षेत्रमा ख्याति कमाउनुभएकी शाहले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गर्नुभएको हो ।
गायक एवम् सङ्गीतकार रवि शर्मासँगको युगल गायनमा रहेको ‘बाँध न मलाई’ बोलको गीत भिडियो रेखा शाह युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
पुष्कर खत्रीको रचना र सङ्गीत संयोजन रहेको गीतको ‘सिगिङ भर्सन’ भिडियोमा रूपेश थापाको छायाकंन र निर्देशन छ । गीतको भिडियोमा गायिका शाह र गायक शर्माको अभिनय छ ।






