‘हेल्लो अमेरिका’मार्फत निर्देशक किशोरको सक्रियता

काठमाडौं,
माघ १४ ।

जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टि.भि. च्यानल, न्युयोर्कको प्रस्तुति ‘हेल्लो अमेरिका’ का निर्देशक किशोर सुब्बाले आफ्नो कार्यक्रममा समाजका बिभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्न सफल ब्यक्तित्वहरूलाई प्राथमिकताका साथ स्थान दिनुका साथै नेपाली कला, गीत सङ्गीत एवं चलचित्र सम्बन्धि गतिबिधिलाई समेट्दै विशेष ब्यक्तिहरू सँगको कुराकानी प्रस्तुत गर्दै आइरहनुभएको छ ।

अमेरिका बसाईमा नेपाली गीतको भिडियो निर्माण, निर्देशन र लघु चलचित्र निर्माण, प्रदर्शन गर्दै आउनुभएका सुब्बा महान् चार्ड दशैंको छेको पारेर २०२४ अक्टोवर १ तारिकका दिन नेपाल आउनुभएको थियो । निर्देशक सुब्बा झण्डै चार महिनाको नेपाल बसाई पश्चात २५जनवरी २०२४ मा कर्मथलो अमेरिका फर्कनुभएको छ ।

यस पटकको नेपाल वसाईमा थाँतिरहेका आफ्ना चलचित्र, म्युजिक भिडियो र केही लघु चलचित्रको काम फत्ते गरेर अमेरिका फर्कने सपना पनि अन्य घरयासीकामहरू मिलाउदा मिलाउदै अधुरै रहेको निर्देशक सुब्बाले बताउनुभयो । निर्देशक सुब्बले यो पटक आफ्नी आमा कृतिमाया लिम्बुलाई पनि आफूसँगै अमेरिका लानुभएको छ । आमा कृतिमायालाई हेल्लो अमेरिका टिम र आफन्त जनले अमेरिकामा स्वागत गर्नुका साथै विशेष सम्मान गरेका छन् ।

दर्जन बढी साना, ठूला पर्दाका चलचित्र निर्देशन गर्नुभएका सुब्बाको ‘काश जिन्दगी’नामक पुस्तक प्रकाशनमा आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार