काठमाडौं,
माघ १३ ।
बबिना भट्टराईको स्वरमा रहेको गीत ‘पिरतिको गीत’ सार्वजनिक भएको छ । हरिराम पौडेकोे शब्द रचना, बबिनाकै संगीत, सञ्जय श्रीपालको एरेञ्ज र प्रकाश खरेलको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियो बबिना भट्टराईको अफिसियल यु्ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । म्युजिक नेपालको स्टुडियोमा रेकडिङगरी जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफैँ फिचर्ड हुनुहुन्छ ।
पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी बबिना एक दशक भन्दा लामो साधनाबाट निखारिएर नेपाली संगीत बजारमा आउनुभएको हो । उहाँले यो गीतबाट पनि दर्शकको माया पाउने अपेक्षा गर्नुभएको छ ।






