कृष्णादेवी शर्मा र सन्तोष श्रेष्ठको ‘म बाँचेर के भो’ (भिडियोसहित)

काठमाडौं,
माघ ७ ।

वरिष्ठ साहित्यकार कृष्णादेवी शर्मा (श्रेष्ठ)द्वारा रचित राष्ट्रिय भावको गजल ‘म बाँचेर के भो’ सार्वजनिक भएको छ । विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत एवम् स्वर रहेको
म बाँचेर के भो छ यो राष्ट्र दुख्दै
म हाँसेर के भो छ यो राष्ट्र दुख्दै
गजलको भिडियो सार्वजनिक भएको हो ।

विशेषगरी कविता, गीत, गजल, समीक्षा, समालोचना, उपन्यास, खण्डकाव्य र महाकाव्यमा कलम चलाउँदै आउनुभएकी कृष्णादेवी अहिले सांगीतिक गजलमार्फत देशको समसामयिक अवस्थालाई चित्रित गर्नुभएको छ । उहाँको गजल रचनालाई सन्तोष श्रेष्ठले सङ्गीत र स्वरको मधुरताले श्रवणीय मिठास भर्नुभएको छ ।

वीरेन्द्र भाट ‘विपिन’को छायांकन र सम्पादनमा भएको दृश्य निर्माणमा सङ्गीतकाररगायक आफैं अभिनयमा जोडिनुभएको छ । गजलको श्रव्यदृश्यलाई गोल्डेन क्रियसनको युबट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार