‘झिल्को’ को शुभमूहुर्त

काठमाडौं,
माघ ५ ।

चलचित्र ‘झिल्को’ को शुभमूहुर्त गरिएको छ । यादव भट्टराईको निर्देशनमा बन्ने चलचित्र ‘झिल्को’को गौशाला स्थित गुहेस्वरी मन्दिरमा पूजा गर्दै मूहुर्त गरिएको हो ।

सामाजिक र पारिवारिक कथामा बन्ने चलचित्रको यही महिनाबाट छायाँकन प्रारम्भ हुने जनाइएको छ । करिव एक दशकअघि चलचित्र ‘झोला’ निर्देशन गरेर तारिफ पाउनुभएका निर्देशक भट्टराई आफूले तेस्रो चलचित्रको निर्देशन गर्दै गर्दा बल्ल यसरी मुहुर्त गर्ने अवसर जुरेको बताउनुभयो । लेखक कृष्ण धरावासीद्वारा लिखित सतीप्रथाबारे कथा ‘झोला’माथि भट्टराईले बनाएको चलचित्रले समीक्षक र दर्शकबाट तारिफ बटुलेको थियो ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुने चलचित्रमा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा शिवाकोटी बालकलाकार आयुषी ढकालको प्रमुख भुमिका रहनेछ । चलचित्रमा यादवसँगै अरुणदेव जोशी र कवि देवव्रतको संवाद तथा पटकथा छ । चलचित्रलाई सिनेमाटोग्राफर दीपक बज्राचार्यले खिच्ननुहुने छ । चलचित्रमा आनन्द अधिकारीको गीत, चण्डीप्रसाद काफ्लेको सङ्गीत र नागेन्द्र घिमिरेको प्रोडक्सन डिजाइन रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार