लघुचलचित्र ‘समय’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ ५ ।

गायक तथा कलाकार प्रकाश सपुतको अभिनय रहेको लघुचलचित्र ‘समय’ युट्युबमा सार्वजनिक गरिएको छ । समयको महत्व दर्शाउने कथामा बनेको चलचित्रलाई अमित केसीले निर्देशन गर्नुभएको छ । कृष्णबहादुर थापाको छायाँकन रहेको चलचित्रमा सन्तोष अधिकारीको सम्पादन छ ।

चलचित्रमा अनिश अधिकारी र देवेन्द्र बब्लुको शब्द सङ्गीत तथा देवेन्द्र बब्लु र बिशाल निरौलाको स्वर छ । द पाल्म ग्रुपको प्रस्तुतिमा बनेको चलचित्रमा प्रकाश सपुतको साथमा देवेन्द्र बब्लु, सन्दीप बाबु लोहनी, सारांश थापा, अर्जुन दुलाल, रेजिना एक्चै मगर, प्रमिषा खड्का, सरिता राजोपाध्याय, घनश्याम गौतम, अमृत केसी, योगेश खत्री, युग ज्योति गौतम, नमस्ते दिवाकर, अनिश अधिकारी लगायतका कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार