गायक राईसँगै झुमे धनकुटावासी

धनकुटा
माघ ४ ।

गायक पदम राईसँग धनुकटावासी झुमेका छन् । बुधबार साँझ उहाँले धनकुटावासीलाई आफूसँगै नचाउनुभएको हो । पाख्रीवास नगरपालिका-१ र २ को आयोजनामा पाख्रिवास २ सान्ने, चारतले डाँडामा सांगीतिक कार्यक्रममा भएको थियो ।

कार्यक्रममा गायक राईले ‘के गुलियो छ र सखर चिनी, पछि पछि लागेर, यसो हेरे पूर्वतिर, बाटो घुमाउरो जस्ता गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गायक राईलाई टिका मगर, सन्दीप मगर, संगीता लुंगेली मगर लगायतका स्थानीय कलाकारहरूले साथ दिनुभएको थियो ।

गायक राई स्थानीय स्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र होइन विदेशमा रहेका नेपालीहरूको समेत अत्याधिक माग हुने गायक हुनुहुन्छ । केही समय पहिले दक्षिण कोरियाको साङ्गीतिक भ्रमण सक्काएर नेपालफर्के लगतै उहाँ हङकङमा सांगीतिक कार्यक्रम सरिक हुनुहुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार