‘अगस्त्य’मा नाजिर हुसेनको लुक्स

काठमाडौं,
माघ ३ ।

फागुनको १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्यः च्याप्टर १’को फस्टलुकले निकै चर्चा पायो । नायक सौगात मल्लको दुई फरक गेटअपको पोष्टरले निकै चर्चा पाएपछि चलचित्रको हाइप पनि ह्वात्तै बढेको छ ।

अब, यो चलचित्रको निर्माणपक्षले नायक नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा नाजिरको पाँच फरक गेटअप प्रस्तुत गरिएको छ ।

नाजिरले फिल्ममा आफूलाई पाँच फरक गेटअपमा प्रस्तुत गरेको यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए ।
नाजिरको गेटअप हेर्दा पनि उनले चलचित्रका लागि निकै मिहिनेत गरेको देखिन्छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, नाजिरले यो चलचित्रका लागि २० केजी तौल बढाएका थिए । सार्वजनिक पोष्टरमा नाजिरको फिल्ममा सुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्रमा नाजिरलाई ‘निसान’ पात्रको भूमिकामा देख्न सकिन्छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । यो चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार