ओम सुनारको स्वरमा ‘मायाले सजाउला’ (भिडियोसहित)

काठमाडौं,
पुस २९ ।

ओम सुनारको स्वरमा रहेको गीत ‘मायाले सजाउला’ सार्वजनिक भएको छ । मुना शाहको शब्द, ओमकै संगीत र साजन शाहको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ओमकै कन्सेप्ट र देवेन्द्र कुँबरको निर्देशन रहेको भिडियोमा ओमसँगै आलिशा बास्तोलालाई फिचरिङ गरिएको छ । यस्तै भिडियोमा विजय परियार, लक्ष्मण बस्नेत, उत्तम केसी, कुमार भारती, मीना जिसी, आरजे पर्नाप, दीपक पराजुली, आराधना पराजुली, ढकबहादुर विक (अरुण) हरि ढकाल, राम थापा, लालबहादुर सुनार, रमा थापा र बालकलाकारमा टेकनारायण शाहको अभिनय छ ।

भिडियोमा समाजमा रहेको जातीय कुंसस्कारलाई चित्रण गरिएको छ । विमल ढकालको छायांकन रहेको भिडियोमा विनोद वमको सम्पादन र गीताञ्जलि योगीको शृंगार छ ।

यसमा तपाइको मत

अन्य समाचार