काठमाडौं,
पुस २५ ।
प्रताप दास र ममता हिङ्ममाङको स्वरमा रहेको गीत ‘ठूलो चाह छैन मेरो’ सार्वजनिक भएको छ । दुर्लभ जन्तरेको शब्द, राजु सेन्चुरीको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
हङकङमा बसोबास गर्दै आउनुभएका म्युजिक भिडियो निर्देशक युगल पोमो को निर्देशन रहेको गीतको भिडियोमा माल्भिका सुब्बा र योगेश लामालाई फिचरिङ गरिएको छ । भिडियोको छायांकन हङकङको काउलन पिकको रमणीय स्थलहरूमा गरिएको छ ।
भिडियोमा मेकअप हेयर सुशीला गुरुङ, ड्रेस डिजाइनमा मेरिना बुटिक, कौशीला गुरुङ, सेन्स अफ किल्कको रहेको छ । सुकु सामेखाम लिम्बुको कोरियोग्राफी, मज्जाको राईको सिनेमाटोग्राफी र अनिल कुमारको सम्पादन रहेको छ भिडियोमा ।






