आजको मौसम : उच्च पहाड र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं,
पुस २४ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू-भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसमा तपाइको मत

अन्य समाचार