मृत अवस्थामा फेला

काठमाडौं,
पुस २२ ।

मनाङ, ङिस्याङ गाउँपालिका-९ खाङसारस्थित सोनाम गुरुङको घरमा काम गरी बस्ने गोरखा नगरपालिका-६ हरमटारी घर भएका ४० वर्षीय उत्तम गुरुङ उक्त घरको स्टोर रुममा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, सिन्धुली, फिक्कल गाउँपालिका-५ रजे गाउँ बस्ने ७४ वर्षीय मन बहादुर बुढाथोकी घर नजिकै आफ्नै बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । बारीको कान्ला खन्न गएका उनको ढिस्कोले पुरिएको अवस्थामा शव फेला परेको हो ।

त्यस्तै, रूपन्देही, मायादेवी गाउँपालिका-५ बसौलीस्थित बाटो मुनि पानी जमेको खाल्डोमा अन्दाजी ८ महिनाको शिशु बालकको शव शनिबार फेला परेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार