काठमाडौं,
पुस २१ ।
चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटिटी प्लेटफर्म भिडियोपसलमा सार्वजनिक भएको छ । हालका लागि नेपाल बाहिर रहेका दर्शकले भिडियोपसल एपमार्फत यो चलचित्र हेर्न सक्नेछन् ।
यो चलचित्र कोरोनाको समयमा रिलिज भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेको हुनाले यसको माग उच्च रहेको भिडियोपसलकी सह-संस्थापक नेहा कार्कीले बताइन् । उनका अनुसार नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली लक्षित गरेर चलचित्र सार्वजनिक गरिएको हो ।
सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २।९९ डलर देखी ५।९९ डलरसम्म विभिन्न प्याकेज लिई ४के गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे , गुगल पे, पेपल, डेबिट९क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।
दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का , देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्ममा मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गरिएको छ ।
२०१७ देखी सञ्चालनमा रहेको भिडियोपसलमा यस अघि ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’लगायतका चलचित्रहरू सार्वजनिक भई सकेका छन् । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।






