आयोगले तोक्यो निर्वाचन अधिकृत

काठमाडौं,
पुस १३ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी पुस १६ गतेबाट लागु हुनेगरी जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।

निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार