काठमाडौं,
पुस १३ ।
गीतकार केपी आचार्यको नयाँ गीत ‘कलिलो यौवन’ सार्वजनिक भएको छ । प्रबिन वेडवालको स्वर, इन्द्रराज परियारको सङ्गीत र आदेश गरुमाचनको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://youtube.com/watch?v=0M3epU1cFaE%3Fsi%3DUbZ9BJCSIAq7ybvz
विजयराज भुर्तेलको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोमा समीक्षा पोखरेल, गौरव पहारी र सागर गैरेको अभिनय देख्न सकिन्छ । गीतमा प्रेम र प्रेमील जोडीबीचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ ।
युदिन योञ्जनको छायांकन रहेको गीतको भिडियोमा समीर राईको कन्सेप्ट रहेको छ । आफूलाई माया गरेको प्रेमीलाई जीवनमा सजाउने सपना राख्दा राख्दै जीवन त्यग गरेका प्रेमीको मृत्युको भएको अवस्थालाई गीतमा समेटिएको छ ।






