काठमाडौंमा आज यो वर्षकै चिसो दिन

काठमाडौं,
मंसिर २४ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज यो वर्षकै चिसो दिन भएको रेकर्ड कायम भएको छ । काठमाडौंमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यसअघि ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज सबैभन्दा बढी चिसो जुम्लामा मापन गरिएको छ । त्यहाँको न्युनतम तापक्रम माइनस ४.७ डिग्री रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ । यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हिमपातको सम्भावना पनि छ ।

पूर्वी तराईका जिल्लाहरूमा आज बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यो क्रमिक रुपमा हट्दै जाने र दिउँसो घाम लाग्ने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार