यस्तो आयो ‘दुई कदम’को ट्रेलर

काठमाडौं,
मंसिर २१ ।

चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । उदय सुब्बा निर्देशित यो चलचित्रको बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच दुई मिनेट तीन सेकेण्ड लामो ट्रेलर सर्वाजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्ससँगै कमेडी, द्वन्द्व र लिम्बू संस्कारलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा इओन लिम्बू, सिमोन गिरी, गौरव पहारी, विमला लिम्बू, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बू, चन्दा दाहाल, प्रीतिका शर्मालगायत कलाकारको अभिनय छ । चलचित्रको मुख्य भूमिकामा रहनुभएका इओन र सिमोनको यो डेब्यु चलचित्र हो ।

विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले चलचित्रको एक गीतमा नृत्य गर्नुभएको छ । अजम्बरी फिल्मस्को ब्यानरमा बनेको चलचित्रमा तारा देवी लिम्बुको लगानी छ ।

पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा छयांकन गरिएको चलचित्रमा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किरातीको द्वन्द्व निर्देशन र प्रवीन ढकालको सम्पादन छ । चलचित्र यही २९ मंसिरदेखि देशभरका सिनेमाघरमा आउँदै छ ।

यसमा तपाइको मत

अन्य समाचार