काठमाडौं,
कात्तिक २३ ।
गायक कन्हैया सिंह परियारको नयाँ गीत ‘आँखी झ्यालैमा…’ श्रोता÷दर्शकमाझ आएको छ । बिपिन आचार्यको शब्द, सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको भिडियो गायक सिंहकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
अञ्जना गुरुङ तथा अपेक्षा गुरुङ निर्माता रहेको यो गीतको अडियो तथा भिडियो टीका गोपाल डिजिटल एम.क्रिएशन प्रालिले तयार पारेको हो । गीतको भिडियोमा बिपिन आचार्यकै कथा तथा निर्देशन छ । भिडियोमा गायक कन्हैया सिंह परियार, प्रेक्षा बानियाँ तथा सञ्जीव तामाङलाई फिचरिङ गरिएको छ ।
विजय रुम्बाको छायांकान तथा सम्पादन रहेको भिडियोमा गायक परियारले अभिनय तथा नृत्यसमेत गर्नुभएको छ । उहाँ भिडियोमा फरक गेटअपमा देखिनुभएको छ ।






