अमरको स्वरमा ‘माया नै हो’ (भिडियोसहित)

काठमाडौं,
कात्तिक १६ ।

अमर अनुराग श्रेष्ठको स्वरमा रहेको गीत ‘माया नै हो’ सार्वजनिक भएको छ । विकास गिरीको र्‍यापसमेत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा इन्द्र दोङ लामा(खम्बे), शान्ति बस्नेत, सरु दाहाल, रेश्मा तिमिल्सेना, राजेन्द्र गिरी र समनराज गिरीको अभिनय छ । सबै कलाकार हास्य श्रृखला ‘हर्के हल्वल्दार’का कलाकार हुन् । सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोमा खम्बे इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

भिडियोमा विजेश पौडेल (लातोकोसेरो फिल्मस्)को सम्पादन, प्रवेश पोखरेलको छायांकन छ । सुस्मिता श्रेष्ठ निर्माता र कलाकार महादेव त्रिपाठी सल्लाकार रहेको भिडियोको निर्देशन इन्द्र दोङ लामाले गर्नुभएको हो ।

गायक आमर अनुराग हाल अमेरिकामा बस्नुहुन्छ । उहाँले अमेरिकामा संगीतिक कार्यक्रम कन्सर्ट तथा फेष्टिभलसमेत आयोजना गर्दै आउनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार