सन्दीप लामिछानेविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौं
असोज ७ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो ।

गत असोज १ गते न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो ।
यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग गरेको थियो ।

आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्ममिति यकिन हुनेगरी कागजात समेत माग गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार