नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्डको दोस्रो संस्करण बैङ्ककमा सम्पन्न

काठमाडौं
भदौ २९ ।

नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्डको दोस्रो संस्करण थाइल्याण्डको बैंकक मा सम्पन्न भएको छ । बैङ्कक सहरको आइबिस होटलको प्रेक्षालयमा सम्पन्न हिमालयन मुभिज, काठमाडौं द्वारा आयोजित सो कार्यक्रममा नेपाल तथा थाइल्याण्ड एवम् म्यानमारका करिब दुई दर्जन व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो । गैर आवासिय नेपाली संघ, थाइ नेपाली संघका साथै नेपालबाट उपस्थित मोडल, कलाकार, सौन्दर्यकर्मी, समाजसेवी तथा फेसन क्षेत्रका ब्यक्तित्वहरूको उपस्थितीमा कार्यक्रम सम्पन भएको थियो ।

कार्यक्रममा हालै सम्पन्न रियालिटी सो मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्कीलाई आइकोनिक डान्सीङ स्टारको अर्वाड प्रधान गरिएको थियो । एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतलाई बेस्ट सोसियल वेलफेयर एक्टिभिस्ट र त्यसैगरी पूर्व थाइ नेपाली संघका अध्यक्ष ब्यवसायी एवम् समाजसेवी कुमार कार्कीलाई बेस्ट नेप्लीज सोसियल क्याम्पेनरको अवार्ड प्रधान गरिएको थियो । कार्यक्रममा अवार्ड बिजेता तथा सिनीयर फेसन कोरियोग्राफर हिमानी सुब्वाको कोरियोग्राफीमा लक्ष्मी भुसाल र प्रतिसा कटुवालले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

साथै करिब एक दर्जन सौन्दर्य प्रतियोगीताका बिजेताहरूले स्टेजमा फेसन सो प्रस्तुत गरेका थिए भने सोज टपरको रूपमा हिमानी सुब्बा प्रस्तुत हुनुभएको थियो । अवार्ड कार्यक्रममा बिजेताहरूको रुपमा पपुलर मोर्डन मेकअप आर्टिस्टको रूपमा लक्ष्मी भुसाल, पपुलर इभेन्ट मेकअप आर्टिस्टको रुपमा अनिता घिमीरे, पपुलर फेसन मेकअप आर्टिस्ट चन्द्रकला तामाङ, पपुलर मोडल (पुरुष)तर्फ ईश्वर बल्लभ उप्रेती तथा पपुलर मोडल (महिला)तर्फ सजना खतिवडाले उपाधि हासिल गर्नुभएको थियो । त्यस्तै पपुलर टाइटल विनर मिसेसतर्फ शोभिता राई, पपुलर टाइटल विनर मिसतर्फ हेमा पुन मगर, पपुलर सोसियल एडभोकेट प्रमिला कटुवाल, पपुलर स्किन केयर एण्ड मेकअप आर्टिस्ट पिंकी राजवाहक, बेस्ट रियालीटी सो मेकअप आर्टिस्ट प्रतिसा कटुवाल, बेस्ट इन्फ्लूएन्सियल टाइटल विनर मिसेस जानवी कार्की, बेस्ट इन्फ्लूएन्सियल नर्सिङ पर्सनालिटी सचिन खत्री, बेस्ट ह्युमन वेलफेयर एक्टिभिस्ट मनु बाठामगर, बेस्ट लेडिज इन्टरप्रेनियर निता मोदन, पपुलर वेडिङ फोटोग्राफर हरि घिमिरे, पपुलर सिनेम्याटोग्राफर आनन्द प्रभाकर घिमिरे, बेस्ट स्टेज डिजाइनर बिनोद पोख्रेल, बेस्ट वेडिङ फोटोग्राफरतर्फ दीपक मैनालीले अवार्ड हात पार्न सफल हुनुभएको थियो ।

सुरेन्द्र भट्टराईको संयोजन रहेको सो कार्यक्रम इभेन्ट म्यानेजर कोमल नाथ खतिवडाले सञ्चालन गर्नुभएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रहेका फेसन तथा मनोरन्जन क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान प्रदान गर्ने हेतुले कार्यक्रमलाई विश्वव्यापी रूपमा क्रमश अगाडी बढाउने उद्देश्यले आयोजना गरिएको हिमालयन मुभिजकी अध्यक्ष हिमानी सुब्बाले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार