विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै नेपाल

काठमाडौं,
भदौ १३ ।

एसिया कप क्रिकेट २०२३ आज (बुधवार)देखि पाकिस्तानमा शुरू हुँदैछ । पहिलो खेलमा नवप्रवेशी नेपालले बलियो पाकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ ।

खेल पाकिस्तानको पञ्जाबस्थित मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजेबाट शुरू हुनेछ । ३० हजार दर्शक क्षमताको पाकिस्तानको मुल्तान रङ्गशालामा हुने उद्घाटन खेल हेर्न प्रायः सबै टिकट बिक्री भइसकेको छ।

समूह ‘ए’मा नेपालसहित पाकिस्तान र भारत छन् । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा सेप्टेम्बर ७ मा भारतको सामना गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार